हिरासतको साथी छुटाउन आन्दोलित ४ नेता आफै थुनिँए
कास्की | जेठ १७, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको साथीको रिहाइको माग र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्वमा प्रदर्शन गरेका ४ जनालाई आज (मंगलबार) पोखरा ७ मासबारबाट किमीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रहेका छन् ।
आफ्ना विद्यार्थी नेताहरुलाई विनाशर्त वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलले बताए । ‘दैनिक उपभोग्य सामाग्रीको मुल्य वृद्धि गरिराको छ । त्यसैको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहदाँ केन्द्रीय सदस्य महेन्द्र मन्नुलाई सरकार र शक्तिको आडमा गिरफ्तार गर्याे, उनले भने, ‘त्यसैको विरोधमा हामीले सरकारी गाडी चलाउन नदिने भनेर आन्दोलनको घोषणा गरेका थियौं । त्यही अनुसार कार्यक्रम गर्दा हाम्रा ४ जनालाई पक्राउ गरेको छ ।’
उनले आन्दोलनलाई निन्तरता दिने बताउदै राष्ट्रवैंक चोकमा प्रदर्शन गरिरहेको जानकारी दिए ।
अनेरास्ववियुका अन्य कार्यकर्तासँगै पक्राउ परेका उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सवारी साधन नियन्त्रणमा लिन खोजेको बताइएको छ ।
यसअघि एक सरकारी महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सह-इन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परिसकेका छन् ।
सम्बन्धित समाचार
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

