हिरासतको साथी छुटाउन आन्दोलित ४ नेता आफै थुनिँए

कास्की | जेठ १७, २०७९

हिरासतको साथी छुटाउन आन्दोलित ४ नेता आफै थुनिँए

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको साथीको रिहाइको माग र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्वमा प्रदर्शन गरेका ४ जनालाई आज (मंगलबार) पोखरा ७ मासबारबाट किमीबाट पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रहेका छन् ।

 

आफ्ना विद्यार्थी नेताहरुलाई विनाशर्त वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलले बताए । ‘दैनिक उपभोग्य सामाग्रीको मुल्य वृद्धि गरिराको छ । त्यसैको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहदाँ केन्द्रीय सदस्य महेन्द्र मन्नुलाई सरकार र शक्तिको आडमा गिरफ्तार गर्याे, उनले भने, ‘त्यसैको विरोधमा हामीले सरकारी गाडी चलाउन नदिने भनेर आन्दोलनको घोषणा गरेका थियौं । त्यही अनुसार कार्यक्रम गर्दा हाम्रा ४ जनालाई पक्राउ गरेको छ ।’ 

 

उनले आन्दोलनलाई निन्तरता दिने बताउदै राष्ट्रवैंक चोकमा प्रदर्शन गरिरहेको जानकारी दिए । 

 

अनेरास्ववियुका अन्य कार्यकर्तासँगै पक्राउ परेका उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सवारी साधन नियन्त्रणमा लिन खोजेको बताइएको छ । 

 

यसअघि एक सरकारी महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सह-इन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परिसकेका छन् । 

 

सम्बन्धित समाचार

मेयरमा पराजित थापाका सहयोगी ‘मन्नु’ पक्राउ

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्